साताको अन्तिम दिन आज बढ्यो डलरको भाउ(सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलरको भाउ बढेको छ ।

आज डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४४ पैसा थियो । आज युरो एकको खरिददर १४४ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०६ पैसा रहेको छ ।

यस्तै आज पाउण्ड एकको खरिदखर १६७ रुपैयाँ २३ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९९ पैसा रहेको छ । आज १० जापानी येनको खरिददर ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८ रुपैयाँ ५० पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ २० पैसा र बिक्रीदर ३५ रुपैयाँ ३६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २६ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ९८ पैसा र बिक्रीदर २९ रुपैयाँ ११ पैसा रहेको छ ।

 

  • १९ श्रावण २०८०, शुक्रबार ०९:४८ प्रकाशित