प्रस्तावित तीन राजदूतको सुनुवाई सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।
विभिन्न मुलुक र नियोगका लागि सरकारद्वारा प्रस्तावित राजदूतहरुको सुनुवाई सुरु भएको छ । प्रस्तावित छ राजदूतमध्ये तीन जनाको संसदीय सुनुवाइ पूरा भइसकेको छ ।

प्रस्तावित राजदूत घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) र धनबहादुर ओलीको (थाइल्यान्ड) को संसदीय सुनुवाइ सुरु भएको हो ।

न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ पूरा भइसकेको छ ।

न्यूयोर्कका लागि प्रस्तावित राजदूत लोकबहादुर थापा, स्वीट्जरल्यान्डका लागि रामप्रसाद सुवेदी र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टराईले आ–आफ्ना योग्यता, अनुभव, अवधारणा र कार्ययोजना प्रस्तुत गरिसकेका छन् ।

  • १८ श्रावण २०८०, बिहीबार १३:१४ प्रकाशित