रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दैं

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। बिहीबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय चमतिमा बैठक बोलाइएको रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए।

समसामयिक परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई अद्यावधिक गराउन बैठक राखिएको उनको भनाइ छ । बैठकमा पार्टीको राजनीतिक दस्तावेज, पहिलो महाधिवेशन, केन्द्रीय सदस्य थप लागतयतका विषयमाथि छलफल हुने छ ।

पार्टीको राजनीतिक दस्तावेजलाई अन्तिम रूप दिने र आगामी मंसिरदेखि तल्ला कमिटीको अधिवेशन थाल्ने रास्वपाको तयारी छ । मंसिरमा वडा अधिवेशन सुरु गरेर विभिन्न तहको अधिवेशन सकी फागुनमा पहिलो महाधिवेशन सम्पन्न नेताहरु बताउँछन् ।

  • १८ श्रावण २०८०, बिहीबार ०९:५९ प्रकाशित