मधेश प्रदेशमा छैठौं पटक मन्त्री परिषद विस्तार : नवनियुक्त मन्त्रीले लिए शपथ

केन्द्रभाग मिडिया

काठमाडौं ।
मधेश प्रदेश सरकारको मन्त्रिपरिषद विस्तार भएको छ । आज दुई जना मन्त्री नियुक्त भइ शपथ लिएका छन् ।

प्रदेश प्रमुले कांग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त गरेका हुन ।

नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् । योसँगै मन्त्री परिषदले पुर्णता पाएको छ ।

मधेश सरकारको यो छैठौं पटक मन्त्री परिषद विस्तार गरेको हो ।

  • १५ श्रावण २०८०, सोमबार १८:४६ प्रकाशित