काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता भएको छ । आजको भेटमा संसद्को अवरोध खुलाउने लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रतिनिधिसभाको बैठक सहज ढंगले सञ्चालन गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।













