साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्राको विनिमयदर ?(सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज शुक्रबार डलर एकको खरिददर १३० रुपैयाँ ८० पैसा र बिक्रीदर १३१ रुपैयाँ ४० पैसा रहेको छ । युरो एकको खरिददर १४५ रुपैयाँ ७० पैसा र बिक्रीदर १४६ रुपैयाँ ३७ पैसा रहेको छ ।

यस्तै आज पाउण्ड एकको खरिदखर १६९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७० रुपैयाँ ३९ पैसा रहेको छ । आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३०पैसा र बिक्रीदर १८ रुपैयाँ ३९ पैसा छ ।

साउदी रियालको खरिददर ३४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०३ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ९३ पैसा र बिक्रीदर २८ रुपैयाँ ०६ पैसा रहेको छ ।

 

  • १२ श्रावण २०८०, शुक्रबार ०९:३३ प्रकाशित