कांग्रेस केन्द्रीय समिति बैठक : आज बाँकी सदस्यले धारणा राख्ने

केन्द्रभाग मिडिया

file photo

काठमाडौँ ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ । गत मंगलबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने छ ।

शनिवारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ ।

आज बाँकी केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् । यसअघि धारणा राखेका नेताहरूले पार्टीभित्र गुटगत गतिविधि बढेकोमा चिन्ता प्रकट गरेका थिए ।

  • ७ श्रावण २०८०, आईतवार ०९:३१ प्रकाशित