एके–४७ बाट प्रहरीले चलायो आफ्नै साथीहरूमाथि गोली, ४ जनाको मृत्यु

केन्द्रभाग मिडिया

एजेन्सी ।
भारतमा प्रहरीले आफ्नै साथीहरुमाथि गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ ।

भारतीय राज्य छत्तीसगढमा एक प्रहरीले आफ्नै साथीहरूमाथि गोली चलाएका हुन् ।

भारतीय सञ्चार माध्यमहरुको अनुसार सिक्मा जिल्लामा रहेको सेन्ट्रल रिजर्भ पुलिस फोर्सको क्याम्पमा सोमबार बिहान साढे ३ बजेतिर एके–४७ राइफलबाट गोली चलेको थियो। गोली लागेर ४ को मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।

गोली चलाउने प्रहरीलाई नियन्त्रणमा लिइ किन गोली हानेका हुन् भनेर सोधपुछ भइरहेको बताइएको छ ।

  • २२ कार्तिक २०७८, सोमबार १२:४९ प्रकाशित