आज डलरको भाउ बढ्दा अन्य देशका मुद्रा विनिमयदर कस्तो छ ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलरको भाउ बढेको छ । आज डलरको एकको खरिददर १३१ रुपैया ०६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३० रुपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५६ पैसा थियो ।

आज युरो एकको खरिददर १४७ रुपैयाँ १० पैसा र बिक्रीदर १४७ रुपैयाँ ७८ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७० रुपैयाँ २७ पैसा रहेको छ ।

आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १५ पैसा र बिक्रीदर १८ रुपैयाँ २४ पैसा छ ।

साउदी रियालको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९७ पैसा र बिक्री दर ३६ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ८५ पैसा र बिक्रीदर २८ रुपैयाँ ९८ पैसा रहेको छ ।

  • ४ श्रावण २०८०, बिहीबार ०९:३९ प्रकाशित