कांग्रेस प्रदेश सभापतिहरुले भने,‘पार्टीले संघीयताको असल अभ्यास गर्न सकेन’

केन्द्रभाग मिडिया

file photo

काठमाडौं ।

नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले संघीयताको वकालत गर्ने पार्टीले आफ्नै संगठनमा भने संघीयताको असल अभ्यास गर्न नसकेको गुनासो गरेका छन् ।

उनीहरूले पार्टीमा केन्द्रीय कार्यसमितिले सीधै जिल्ला र पालिका तहसँग काम गर्ने र शासन गर्ने काम गरेको बताए । मुलुकमा संघीयता व्यवस्थाकै सवालमा प्रश्न उठिरहेका बेला पार्टीभित्र समेत संघीय संरचनालाई सर्वस्वीकार्य गरेर संगठन अघि बढाउन नखोजिएको उनीहरुको आरोप छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबारदेखि जारी बैठकमा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मुलुकको संघीय व्यवस्थामै प्रश्न उठिरहेका बेला पार्टीमा समेत त्यसको असल अभ्यास हुन नसकेको बताए ।

गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रदेश कार्यसमितिलाई नसोधीकन केन्द्रले जिल्ला सभापतिको भेला गरेको भन्दै गुनासो गरे ।

  • ३ श्रावण २०८०, बुधबार १६:५२ प्रकाशित