परराष्ट्रमन्त्री खड्का र सहायकमन्त्री लुबीच भेटवार्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

परराष्ट्रमन्त्री डा. नारायण खड्का र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।नेपाल भ्रमणमा रहेका सहायकमन्त्री लु परराष्ट्रमन्त्री खड्कालाई भेट्न मन्त्रालयमा पुगेका थिए ।

भेटमा विकास साझेदारी, आर्थिक सहायता, खाद्य सुरक्षाका साथै कोरोनाविरुद्धको भ्याक्सिनबारे समेत कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

  • १३ श्रावण २०७९, शुक्रबार १६:३२ प्रकाशित