चन्द्रागिरीमा आतंक मच्चाएको राँगोलाई गोली हानेर मारियो

केन्द्रभाग मिडिया

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ मा एक राँगोलाई गोली हानी मारिएको छ ।

नगरपालिकाको गोदाम चौरमा आतंक मच्चाएको राँगोलाई नियन्त्रणमा लिन नसकेपछि एक राउण्ड गोली हानेर मारिएको हो ।

उक्त राँगोले आज बिहान गोदाम चौरको बस्तीमा आतंक मच्चाएको थियो । सो घटनामा मानविय क्षति भने हुन पाएको छैन ।

  • १३ श्रावण २०७९, शुक्रबार १२:४५ प्रकाशित