पोखरा-२८ अध्यक्ष लामिछानेको प्रष्टिकरण : पिर्के सलामी लिने व्यक्ती म होइन

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले सामाजिक संजालमा पोखरा महानगर वडानम्बर २८ का अध्यक्ष भनि प्रचार गरिएको भिडियो आफ्नो नरहेको बताएका छन् ।

केही दिनयता सामाजिक सञ्जाल फेसबुकमा उक्त भिडिओलाई पोखरा २८ का अध्यक्ष भनी दुष्प्रचार गरिएको पाउँदा आफुलाई अनौठो लागेको अध्यक्ष लामिछानेले बताए फेसबुकमा अपलोड गरिएको अरुको भिडियोलाई मेरो नाममा कुप्रचार गरिएको लामिछानेले स्पष्ट पारेका छन् ।

सामाजिक संजालमा लेख्दै वडाध्यक्ष लामिछानेले भनेका छन्, प्रष्ट चिनिन्छ कि भिडिओमा देखिएका र सलामी लिइरहेका व्यक्ति अरू कोही हुन् । भिडियोसँगैको आवाजमा सुनिने माननीय भन्ने शब्दबाट झन् प्रष्ट हुन्छ कि त्यो भिडओको व्यक्ति वडाध्यक्ष होइन ।
राजनीतिक चरित्र हत्या गर्ने दुर्नियतपूर्वक फैलाइएको फेक (झुठो) भिडिओबाट कोही भ्रममा नपर्न अनुरोध गर्दछु । भ्रमपूर्ण भिडिओ पोस्ट गर्नेहरूप्रति खेद व्यक्त गर्दछु ।

पोखरा २८ को गरिमामाथि प्रहार गर्ने कुत्सित मनसायबाट फेक भिडिओ बनाएर हिलो छ्याप्ने प्रवृत्ति सबैले चिन्न जरूरी रहेको लामिछानेले लेखे ।

व्यक्तिको रूपरंग, पहिरन, चेहरा, चालढाल र वरिपरि देखिएको दृश्यबाट प्रष्ट हुन्छ कि त्यो वडाध्यक्ष नहुन लामिछानेले वडावासीलाई आग्रह गरेका छन् ।

टिकटकमा पिर्कामा बसेका एक जनालाई प्रहरील सलामी दिएको भिडियोलाई वडाध्यक्षको नाम जोडेर प्रचार गरिएको छ ।

  • ४ श्रावण २०७९, बुधबार १२:०२ प्रकाशित