राप्रपा नेपालले २९ वटा विभाग गठन गर्दै प्रमुख समेत तोकेको छ । अध्यक्ष कमल थापाले विधान बमोजिम विभाग गठन गर्दै प्रमुख तथा सदस्य सचिवसमेत चयन गरेका हुन् ।
जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा कमल थापा नै चयन भएका छन् भने अनुशासन आयोगमा राजीव पराजुली, प्रशिक्षण विभागमा सुशील श्रेष्ठ, संगठन विभागमा राजाराम बर्तौला प्रमुख चयन भएका छन् ।















