पोखरा ।
आज पोखरासहित देशका अधिकांश आकाश धुम्मिएको छ । पछिल्ला केही दिन बिहानैदेखि घाम चर्किएकोमा आज भने यो समाचार तयार पार्दासम्म पोखराको आकाश खुलेको छैन ।
मौसम पूर्वानुमान महाशाखाको अनुसार अहिले प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका एक(दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै राती देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
महाशाखाको अनुसार हाल मनसुनको न्युन चापिय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ।














