भाजपा अध्यक्ष नड्डा र प्रचण्डबीच भेटवार्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।
भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् ।

आज मध्याह्न भाजपा कार्यालय पुगेर प्रचण्डले नड्डासँग भेटवार्ता गरेका हुन्। भेटमा भारतीय विदेश सचिव मन्त्री एस जयशंकर पनि सहभागी थिए ।

माओवादी अध्यक्ष प्रचण्ड भाजपा अध्यक्ष नड्डाको निमन्त्रणमा गत शुक्रबार नयाँदिल्ली गएका थिए ।

शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका प्रचण्डले शनिबार भारतीय विदेश मन्त्री जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरिसकेका छन् ।

आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटेर प्रचण्ड स्वदेश फर्किने कार्यक्रम छ ।

  • १ श्रावण २०७९, आईतवार १४:४६ प्रकाशित