गभर्नर अधिकारीको राजीनामा माग्दै बालुवाटार प्रर्दशन गर्दै नेविसंघ

केन्द्रभाग मिडिया

काठमाडौं ।

विवादमा तानिएका गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै आज पनि बालुवाटारमा प्रर्दशन हुने भएको छ ।

सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनहरू नेविसंघ र अखिल९क्रान्तिकारी०ले गभर्नर अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गर्ने भएका हुन् ।

दलीय संलग्नता र शैक्षिक योग्यता समेतका विषयहरूमा प्रश्न उठेको भन्दै युवा विद्यार्थी सङ्गठनहरू केही दिन यता आन्दोलित रहेकोमा नेविसंघ र अखिल९क्रान्तिकारी०ले पनि घेराउ र विरोध प्रदर्शन गर्न लागेका हुन् ।

आइतबार बिहान १० बजे बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैकको गेटमा जम्मा भई गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने कार्यक्रम रहेको अखिल९क्रान्तिकारी०का उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए ।

  • १ श्रावण २०७९, आईतवार १०:१० प्रकाशित