काठमाडौं ।
नेपालमा पछिल्लो केही दिन देखि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । आज एकै दिन कोरोना २०० बढीमा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो ।












