बाबुराम पक्षको बैठकमा जसपाका ४० प्रतिशत बढी केन्द्रीय सदस्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

जनता समाजवादी पार्टीको आज अलग अलग बैठक बसीरहेको छ । विभिन्न विवादको बीच फुटको संघारमा पुगेको जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षको छुट्टाछुट्टै बैठक बसेको हो ।

डा.भट्टराईले बोलाएको संघीय परिषद्को बिस्तारित बैठकमा २३० जना केन्द्रीय सदस्य सहभागी भएको जसपा नेता विश्वदीप पाण्डेले जानकारी दिए ।

४९९ सदस्यीय केन्द्रीय समितिका २३० जना बाबुरामतिर खुलेको दाबी पाण्डेको छ । यो भनेको जसपाको विभाजनका लागि कानूनबमोजिमको ४० प्रतिशतभन्दा बढी हो । संसदीय दलमा पनि आफूहरुको ४० प्रतिशत पुग्ने दाबी बाबुराम निकट नेताहरुको छ ।

  • २८ असार २०७९, मंगलवार १४:१५ प्रकाशित