काठमाडौं ।
चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज आइतबार नेपाल आइपुगेका छन् ।
गत जुनमा विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिन नेपालमा रहने बताइएको छ । उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन् । अहिले उनी बत्तीसपुतली स्थित होटल द्वारिकामा बसेका छन् ।
भ्रमणमा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतासँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।














