फेरि बढ्यो पेट्रोलको भाउ : आजदेखी नयाँ मूल्य कति ?(सूचीसहित)

केन्द्रभाग मिडिया

File photo

घाटा बेहोरिरहेको नेपाल आयाल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसभन्दा अगाडि मूल्य वृद्धि चर्को विरोध हुँदा मूल्य घटाएको निगमले पुनः मूल्य वृद्धि गरेको हो ।

गए राति १२ः०० बजेदेखि लागू हुने गरी साविकको खुद्रा विक्री मूल्यको पेट्रोलमा प्रति लिटर २ रुपैयाँ , डिजेलरमट्टितेलमा प्रति लिटर ९ रुपैयाँ मूल्य वृद्धि भएको हो । त्यस्तै, हवाई इन्धन ९आन्तरिकतर्फ० प्रति लिटर ५ रुपैयाँले मूल्य वृद्धि भएको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र , डिजेल-मट्टितेलमा प्रति लिटर १७२ रुपैयाँ पुगेको छ । भने, हवाई इन्धन ९आन्तरिकतर्फ० १९० रुपैयाँ पुगेको छ ।

  • २१ असार २०७९, मंगलवार ०९:५२ प्रकाशित