प्रचण्डले भने,‘एमालेमा माओवादीको बीउ रोपेका छौँ,अब फल्छ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेमा माओवादीको बीउ रोपेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेकपा एमालेमा तीन वर्षसम्म बीउ रोपेर आएको र केही समयपछि फुल्ने र फल्ने बताएका हुन् ।

‘एमालेमा माओवादीको बिउ रोपिएको छ, हामी माओवादीलेबीउ रोपेर आएका छौँ, हेर्नुहोला, केही समयपछि त्यो फुल्छ फल्छ,’उनले भनेका छन् ।

नेकपा एमालेभित्र पनि सच्चा कम्युनिष्ट रहेको र उनीहरुलाई पनि समेटेर जानुपर्ने अहिलेको आवश्यक्ता भएको बताएका छन् ।

एमालेभित्रका कार्यकर्ता र नेताहरूलाई पनि एकीकृत गरेर लैजान सकिने उनले बताएका छन् । यस्तै अध्यक्ष दाहालले सबै माओवादी मिल्नुको विकल्प नरहेको भन्दै नेत्रविक्रम चन्द र मोहन वैद्य लगायतका नेताहरुलाई माओवादीमै फर्किन आग्रह गरे।

नेत्रविक्रम चन्द नेतृत्व को नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन, नेपाली कांग्रेस दार्चुलाका निर्वाचित उपसभापति ललितसिंह ठगुन्नालगायतलाई दाहालले बुधबार माओवादी पार्टीमा प्रवेश गराएका हुन् ।

  • १५ असार २०७९, बुधबार १४:३१ प्रकाशित