मोरङमा बाढीले बगाउँदा एकको ज्यान गयो : सयौं परिवार विस्थापित

केन्द्रभाग मिडिया

विराटनगर ।

मोरङको सुन्दरहरैचामा बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । सुन्दरहरैंचा–६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको बाढीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सुन्दरहरैंचा–३ आइतबारेमा गछिया खोलाले बगाउँदै गरेको अवस्थामा बिहान विकको शव भेटिएको थियो ।यसैबीच बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा १७५ परिवार विस्थापित भएका हुन् ।

विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका हुन् । विराटनगर ८ मा २५ र विराटनगर २ मा २० परिवार विस्थापित भएका छन् ।

यस्तै कटहरी गाउँपालिका १ मा १७५ परिवार विस्थापित भएका छन् ।

  • १४ असार २०७९, मंगलवार १५:१७ प्रकाशित