नेपाल विश्व शान्तिप्रिय देशको ७३‍ औं स्थानमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

विश्वको सबै भन्दा शान्तिप्रिय देशको सूचीमा नेपाल ७३‍ औं स्थानमा रहेको छ ।

ग्लोबल पिस इन्डेक्सले हालै सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टमा नेपाल ७ स्थान सुधार गर्दै ७३ औं स्थानमा उक्लिएको हो । विश्वका १ सय ६३ स्वतन्त्र राष्ट्रको सार्वजनिक गरिएको तथ्यांकमा सबै भन्दा अशान्त देश अफगानिस्तान परेको छ । आइसल्याण्ड पुनः सबै भन्दा शान्तिप्रिय देश बन्न सफल भएको छ ।

दोस्रो स्थानमा न्यूजिल्यान्ड र तेस्रोमा आयरल्यान्ड छन् । शान्तिप्रिय देशमा डेनमार्क चौंथो, अस्ट्रिया पाँचौ, पोर्चुगल छैटौं, स्लोभानिया सातौं, चेक गणराज्य आठौं, सिङ्गापुर नवौं र जापान दशौं स्थानमा रहेका छन् ।

अशान्त देशहरुमा अफगानिस्तानपछि यमन र सिरिया रहेको छ । युक्रेन युद्धमा होमिएको रुस चौंथो अशान्त देश बनेको छ ।

 

  • ३ असार २०७९, शुक्रबार १६:०२ प्रकाशित