डिस्चार्ज भइन् लुम्बिनीकी राज्यमन्त्री बिमला वली

केन्द्रभाग मिडिया

बुटवल ।

अस्पताल भर्ना भएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली डिस्चार्ज भएकी छिन् । मंगलबार राति करिब १ बजे बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी वली आज(बिहीबार) डिस्चार्ज भएकी हुन् ।

दाङबाट बुटवलमा आएकी उनलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेकोले डिस्चार्ज गरिएको बताइएको छ । उनी अस्पतालबाट बुटवलस्थित निवासमा गएको उनी निकट स्रोतले जनाएको छ।

मंगलबार बिहान दाङस्थित एकराज बस्नेतको घरमा उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा राज्यमन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । घटना छानबिनका लागि लुम्बिनी प्रदेश सरकारले समिति नै गठन गरेको छ ।

  • २ असार २०७९, बिहीबार १६:३४ प्रकाशित