संसद उठेका प्रश्नमा प्रधानमन्त्री र अर्थमन्त्रीले आज जवाफ दिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा बजेटका विषयमा सरकारका पक्षबाट प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जर्नादन शर्माले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय र अर्थ मन्त्रालय सम्बन्धित विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने छन् ।

बुधबारकै बैठकमा ती मन्त्रालय र निकायले जवाफ दिने तयारी गरिए पनि सम्भव नभएपछि आजको बैठकमा तयारी गरिएको हो । विभिन्न मन्त्रालयगत विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएपछि बजेट पारितको चरणमा पुग्नेछ ।

बजेटअन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमा खर्च कटौती सम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।

  • २ असार २०७९, बिहीबार ०८:४९ प्रकाशित