देशका सबै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राप्रपा

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशका ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । राप्रपाले जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।

खेतीको सिजनमा मल नपाएर मर्कामा परेका किसानलाई मल, बीउको आपूर्ती, महङ्‍गी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनःस्थापना, सङ्‍घीयताको खारेजीलगायत जनजीविकाका विविध विषय समेटिएको २० बुँदे ज्ञापनपत्र बुझाउने भएको हो ।

  • १ असार २०७९, बुधबार १०:१४ प्रकाशित