अर्थमन्त्री पदमा बस्न मिल्दैन : सांसद पाण्डे

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा पूर्वअर्थमन्त्री समेत रहेका एमाले सांसद सुरेन्द्र पाण्डेले गम्भीर विषयमा प्रश्न उठेपछि अर्थमन्त्री पदमा बस्न नमिल्ने बताए ।

“गम्भीर प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्न लायक हुनुहुन्छ रु प्रधानमन्त्रीबाट सदनामा यसको जवाफ चाहिन्छ,” उनले भने ।

प्रतिनिधिसभाको मंगलबारको बैठक सुरु हुनासाथ एमालेका सांसदहरू उठेर विरोध जनाएका थिए । सभामुख अग्निप्रसाद सापकोटालेले एमालेको मागबारे आफ्नो ध्यानाकर्षण भएको बताएपछि सदनको कारबाही अगाडि बढेको छ ।

अर्थमन्त्री शर्माले करको दर छुटका विषयमा ुअनधिकृतु व्यक्तिलाई सहभागी गरेको समाचार सार्वजनिक भएको थियो ।

  • ३१ जेष्ठ २०७९, मंगलवार १२:२२ प्रकाशित