किभ ।
रुसले युक्रेनलाई अन्य देशहरुले आणविक हातहतियार सहयोग या आपूर्ति गरे युद्ध सुरु हुने संज्ञा दिएको छ । सुरु हुने सो सम्भावित आणविक युद्धले पुरै युरोप ध्वस्त हुने रुसको चेतावनी छ ।
रुसी संघीय सभाको तल्लो सदन स्टेट डुमा अध्यक्ष भियाचेस्लाभ भोलोदिनले सञ्चार माध्यमसँग कुरा गर्दै सो चेतावनी दिएको बताइएको छ । उनले पोल्यान्डका पूर्व विदेशमन्त्री रादोस्लाव सिकोर्स्कीलाई उद्धृत गर्दै यस्तो चेतावनी दिएका हुन् ।
उनले भनेका छन् , ‘सिकोर्स्की युरोपको मध्य भागमा आणविक युद्धका लागि उक्साइ रहेका छन् । उनले युक्रेन र पोल्यान्डका भविष्यबारे सोचेको छैनन् । यदि उनको सल्लाहहरू पूरा गरिए भने यी दुई मुलुक लगायत युरोपकै अस्तित्व समाप्त हुनेछ । सिकोर्स्की र उनी जस्तैका कारण युक्रेनलाई नाजी सिद्धान्तबाट नभइ सेनाबाट समेत मुक्त गराई त्यसलाई आणविक हतियाररहित अवस्थामा पुर्याउनु आवश्यक भएको हो । सिकोर्स्की जस्ता विधायकहरूले युरोपलाई अझै धेरै समस्यामा पार्नेछन् ।’