भन्सार छलेर ल्याएको ८ क्वीन्टल चिनीसहित दुई जना पक्राउ

केन्द्रभाग मिडिया

simbolic photo

काठमाडौं ।

भन्सार छलरेर ल्याएको आठ क्वीन्टल चिनीसहित दुई जना पक्राउ परेका छन् ।

सोमबार राति करिब १० बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ भच्कैयाबाट उनीहरु पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर २ का २२ वर्षीय मिनबहादुर रास्कोटीलाई पक्राउ गरेको हो ।

सालझण्डीबाट पाल्पातर्फ जाँदै गरेको लु ३ च ११३३ नम्बरको बलेरो पिकअपमा भन्सार राजश्व छलेर ल्याएको आठ क्वीन्टल चिनी फेला पारी बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

  • ३१ जेष्ठ २०७९, मंगलवार ०८:५० प्रकाशित