काठमाडौं ।
हेटौंडामा भारतीय ग्याँस बुलेटले मोटरसाइकललाई ठक्कर दिएको छ । ठक्करबाट मोटरसाइकलमा सवार बावु छोरीको ज्यान गएको छ ।
पूर्व–पश्चिम राजमार्गको हेटौंडा -९ पशुपतिनगरमा भारतबाट ग्याँस बोकेर आएको एनएल०१एल २९७१ नम्बरको ग्याँस बुलेटले हेटौंडा बजारतर्फ आउँदै गरेको ना६१प ४५९७ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिएको हो ।
घटनामा ५५ वर्षीय बावु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय छोरी अमिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ग्याँस बुलेटको ठक्करबाट मोटरसाइकल उछिट्टिएर घाइते भएका उनीहरूलाई हेटौंडा अस्पतालमा ल्याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।