पोखरामा २३ हजार ९०७ मत गन्न बाँकी, मेयरमा आचार्य र उपमेयरमा गुरुङ जितको नजिक

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका अब २३ हजार ९०७ मतको गणना हुन बाँकी छ । अहिलेसम्म गणना भएको एक लाख १९ हजार ३१९ मतको परिणाम अनुसार गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्यको तीन हजार ८५३ मतको अग्रता छ ।

उनले ४७ हजार ९९२ मत प्राप्त गरेका छन् । आचार्यलाई सुरु देखि नै पछ्याइरहेका नेकपा एमालेका मेयर उम्मेदवार कृष्ण थापाले ४४ हजार १३९ मत ल्याएका छन् ।

सुरु देखि नै प्राप्त मतलाई विश्लेषण गर्ने हो र अब गणना भइरहेका वडाहरुको मतलाई विश्लेषण गर्ने हो भने एमालेले मेयरमा पराजय बेहोर्ने निस्चितभइसकेको एक एमाले नेताले नै स्विकार गरेका छन् ।

उनका अनुसार मेयरमा धनराज आचार्यको जित निस्चित भएको छ । त्यसैगरी उपमेयरमा नेकपा एमालेका उम्मेदवार मञ्जु गुरुङको जित निस्चित जस्तै रहेको उनले बताए । हालसम्मको मत गणना अनुसार उपमेयर पदका उम्मेदवार मञ्जु गुरुङले ५० हजार २६० मत प्राप्त गरेकी छन् ।

उनी प्रतिस्पर्धी गठबन्धन उम्मेदवार कांग्रेसकी कोपिला रानाभाट भन्दा दुई हजार ७९० मतले अगाडि छन् । प्रतिस्पधी कोपिला रानाभाटले ४७ हजार ४७० मत प्राप्त गरेकी छन् । पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो ।

  • ९ जेष्ठ २०७९, सोमबार ०७:३६ प्रकाशित