काठमाडौं अपडेट : १ लाख मत गन्दा बालेनको अग्रता कायमै,सिर्जनाले उछिनिन् स्थापितलाई

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं महानगरपालिका मेयरमा वालेन साहले अग्रता कायमै राखेका छन् । १ लाख ४ हजार ५ मत गनिसक्दा बालेनले ३७ हजार ९ सय ४४ मतसहित फराकिलो अग्रता लिएका छन् ।

उनलाई नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २१ हजार २ सय २४ मतसहित पछ्याइरहेको अवस्था छ । बालेन काँग्रेसकी सिंह भन्दा १६ हजार ७ सय २० मत बढी छ ।

एमालेका उम्मेदवार केशव स्थापितलाई काँग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले पछि पार्दै दोस्रो स्थानमा छिन् । स्थापितले २० हजार ७ सय ४ मत पाएका छन् । यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले ३७ हजार ८ सय ४६ मतसहित अगाडि छिन् । गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले १३ हजार २ सय ५ मतका साथ डंगोललाई पछ्याइरहेका छन् ।

  • ८ जेष्ठ २०७९, आईतवार ११:०७ प्रकाशित