पोखरामा मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता कायम

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रतालाई कायम राखेका छन् । उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार मञ्जु गुरुङ अगाडि छन् ।

गठबन्धनका उम्मेदवार आचार्यले पछिल्लो मत परिणाम अनुसार ४० हजार ४३८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले ३७ हजार १७४ मत ल्याएका छन् ।

मेयर पदमा राप्रपाका उम्मेदवार शंकर खरालले चार हजार ५४२ मत प्राप्त गरेका छन् । मेयर पदका स्वतन्त्र उम्मेदवार (अटेरी अभियानका अभियान्ता) खडकराज पौडेल (गनेस)ले दुई हजार ६ सय १३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जु गुरुङले ४२ हजार ३१६ मत प्राप्त गर्दै अग्रता कायम राखेकी छन् । गठबन्धनको तर्फबाट उपमेयरकी उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४० हजार ४०४ मत प्राप्त गरेकी छन् ।

उपमेयरमै राप्रपाकी रञ्जना कुमारी सेनले चार हजार ९ मत प्राप्त गरेकी छन् । एक लाख एक हजार १२१ मत गणना भएको छ ।

  • ८ जेष्ठ २०७९, आईतवार ०८:१९ प्रकाशित