हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

हेटौंडा–काठमाडौं सडक खण्डमा भएको सवारी दुर्घटनामा परि ४ जनाको ज्यान गुमेको छ ।

हेटौंडाबाट काठमाडौं तर्फ आउँदै गरेको ना ४ च २३१५ नम्बरको मिनि ट्रक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोलामा दुर्घटना हुँदा घाइते भएका चार जनाको उपचारका क्रममा ज्यान गुमेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार ओभर स्पिडका कारण गाडी सडकमै पल्टिएको हो । गाडी सडकमा पल्टिए पनि यात्रु पुलमुनि सिमखोलामा खसेको प्रहरीले जनाएको छ ।

  • ७ जेष्ठ २०७९, शनिबार २१:४३ प्रकाशित