भरतपुरमा ३३ हजार १८९ मत गन्दा रेनु दाहाल २३८५ मतले अगाडि

केन्द्रभाग मिडिया

भरतपुर ।

भरतपुर महानगरपालिकामा मत गणना जारी छ । अहिलेसम्म उक्त महानगरमा ३३ हजार १८९ मत गणना हुँदा गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी रेनु दाहालले आफ्नो अग्रतालाई फराकिलो पार्दै लगेकी छन् । उनले १२ हजार ३५२ मतसहित अग्रता कायम राखेकी हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले नौ हजार ९६७ मत ल्याएर पछ्याइ रहेका छन् । सुवेदी रेनुभन्दा दुई हजार ३८५ मतले पछाडी छन् ।

त्यसैगरी नेपाली कांग्रेसबाट मेयरका बागी उम्मेदवार जगनाथ पौडेलले पाँच हजार ३५५ मत प्राप्त गरेका छन् । गठबन्धनको तर्फबाट उपमेयरका उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १४ हजार ६११ मत प्राप्त गरेका छन् ।

राप्रपाकी उपमेयर उम्मेदवार हिमला गुरुङले आठ हजार ७४ मत प्रापत गरेकी छन् ।

  • ४ जेष्ठ २०७९, बुधबार २२:११ प्रकाशित