उम्मेदवार जिताउन अहोरात्र खट्दाखट्दै चरित्रहत्या गर्ने षड्यन्त्र भयो : पहारी

केन्द्रभाग मिडिया

पोखरा ।

पार्टीले उठाएको उम्मेदवार जिताउन आफु निरन्तर खट्दा चरित्र हत्या गर्ने सड्यन्त्र भएको भन्दै एमाले केन्द्रीय सदस्य राजिव पहारीले आप्पत्ति प्रकट गरेका छन् ।

यही ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन लागेको भन्दै विभिन्न संचार माध्यमहरूमा सार्वजनीयक समाचारहरूप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै उनले यस्तो अप्पत्ति जनाएका हुन् ।

उनले कसैका केही व्यक्तिगत वार्ताहरूमा अनावश्यक रूपमा आफ्नो नाम लिएर गरिएका क्रियाकलापहरूप्रति घोर भ्रत्सना गर्दै आफ्नो स्वकीय सचिव भनेर संचारमाध्यमहरूमा प्रचारित मनोज पहारी भन्ने व्यक्ति समयको कुनै पनि कालखण्डमा आफुसँग सम्बन्धीत नरहेको र सचिवालयमा कार्यरत नभएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल लगायतका सञ्चार माध्यमहरूमा प्रकाशित÷प्रसारित अडियो रेकर्डमा असम्बन्धीत मान्छेले नाम उच्चारण गर्दैमा सत्यतत्थ नबुझी हचुवाको भरमा समाचार जानकारी सम्प्रेसण नगर्न पनि आग्रह गरे ।

गण्डकी प्रदेशका प्रदेश सभा सदस्य समेत रहेका पहारीले षड्यन्त्रको हल्ला फिजाउँन सक्रियहुने जोसुकै भएपनि छानविन गरी कडा भन्दा कडा कारवाही गर्न आफ्नो पार्टीलाई आग्रह गर्दै निराधार हल्ला र भ्रमको पछि नलाग्न आम जनसमुदायलाई अपिल गरेका छन् ।

 

  • ४ जेष्ठ २०७९, बुधबार १४:२३ प्रकाशित