राष्ट्रपतिबाट ३ विधेयक प्रमाणीकरण

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले ३ वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसदका दुवै सदनबाट पारित भई शीतल निवास पुगेका विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

  • ३१ असार २०८०, आईतवार १४:५७ प्रकाशित