काठमाडौं ।
काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीच बाटोबाटै काठमाडौं फर्किएको छ । त्रिभुवन विमानस्थलबाट उडेको नाइनएन-एजेओ जहाज समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो ।
जहाज मध्याह्न १२ बजे भद्रपुरका लागि उडेको थियो । विमानमा के समस्या देखिएको भन्ने जानकारी आउन बाँकी छ ।














