पोखरा ।
पोखरेली सञ्चारकर्मी दीपेन्द्र शाही (देवेन्द्र) न्यु लुक मिस्टर नेपाल–२०२३ को प्रतिस्पर्धामा सहभागी भएका छन् । प्रतिष्पर्धाको टप–२० मा परेका देवेन्द्रले भोटको अपील गरिरहेका छन् ।
४० दिनको तालिमसँगै आगामी ६ साउनमा काठमाडौंमा ग्रान्ड फिनाले हुँदैछ ।उनलाई भोट गर्न नेपालमा हुनेहरुले खल्ती एप र विदेशमा रहेकाहरुले खल्ती डट कममार्फत भोट गर्न सक्नेछन् ।
पश्चिम नेपालका उनी केही वर्षदेखि पोखरालाई कर्मक्षेत्र बनाउँदै आएका छन् । पत्रपत्रिकाबाट आफ्नो करियर सुरुवात गर्दै रेडियो र कास्कीका विभिन्न टेलिभिजन हुँदै स्टेज कार्यक्रम सञ्चालकको रुपमा उनले आफ्नो करिअरलाई अघि बढाइरहेका छन् ।