आजदेखि पोखरा महानगरपालिका वडा नम्बर १३ ले निशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । वडाध्यक्ष किरण बरालले फेसबुकमा स्टाटस लेख्दै आजदेखि नि शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जानकारी दिएका छन् ।
वडा अध्यक्ष किरण बराल लेख्छन्,
तपाईंहरुकै सेवामा समर्पित !
आजपनि सामान्य विरामी हुँदा उपचार गर्ने खर्च नागरिकसँग छैन । अस्पताल पुग्न एम्बुलेन्सलाई तिर्ने भाडा छैन । महानगरभित्र बसेर पनि महानगरबासीको महशुस गर्न पाउनुभएको छैन । त्यो प्रत्यानुभुति दिलाउन नसकेकोमा म क्षमाप्रार्थी छु । तर विश्वास पनि दिलाउन चाहान्छु कि, मैले मेरो कार्यकालभित्र पोखरा १३ लाई महानगरबाट प्रवाह हुने सबै सेवा र सुविधा ल्याइपु¥याउन दिनरात प्रयास र पैरवी गर्नेछु ।
आज सानो खुसीको खवर तपाईंहरुलाईः
पोखरा १३ ले आजैका दिनदेखि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको खवर सुनाउन पाउँदा खुसी लागेको छ । अबदेखि पोखराका जुनसुकै अस्पतालमा उपचारका लागि विरामी लैजानुपर्दा तपाईंले एम्बुलेन्समा लाग्ने पैसा तिर्नुपर्दैन । तल दिइएका नम्बरहरुमा फोन गर्नुहोस् र सेवा लिनुहोस् ।
मैले सँधै आँफुलाई तपाईंको सेवक ठानेको छु । बरु मैले गरेका काम र व्यवहारले तपाईंहरुलाई कस्तो लागिरहेको छ रु कृपया सल्लाह र सुझाव पनि दिँदै गर्नुहोला । धन्यवाद ।

वडाध्यक्ष बरालले अबदेखि पोखराका जुनसुकै अस्पतालमा उपचारका लागि बिरामी लैजानु पर्दा एम्बुलेन्समा पैसा नलाग्ने बताएका छन् । जसका लागि सम्पर्क नम्बर ९८०२८३३७८६,चालकको नम्बर ९८६९०८१७८६ र ९८५६०३४७८६ मा सम्पर्क गर्न सकिने बताइएको छ ।













