नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु

केन्द्रभाग मिडिया

काठमाडौं ।

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल आउने भएका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार एक सूचना जारी गरी लु को नेपाल भ्रमणबारे जानकारी गराएको हो ।

नेपाल भ्रमणका क्रममा लु ले नेपालका राजनीतिक दलका नेताहरु र दूतावासका कर्मचारीलाई भेट गर्नेछन् । लु अमेरिकाबाट सिधै नेपाल आउने र केही घण्टामा दक्षिण एसियाको अर्को कुनै देशमा जाने स्रोतको भनाइ छ ।

उनी नेपालमा एमसीसी कार्यान्वयनको अवस्थाबारे जानकारी लिने उद्देश्यले नेपाल आउन लागेका परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

  • २८ असार २०८०, बिहीबार १५:२० प्रकाशित