सिरहामा प्रहरी जवानलाई पाताले बाँधेर इन्स्पेक्टरले दिए यातना

केन्द्रभाग मिडिया

सिरहामा एकजना प्रहरी जवानलाई बाँधेर यातना दिएको घटना बाहिरिएको छ। जिल्ला प्रहरी कार्यायल सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिइएको भिडिओ सार्वजनिक भएको छ।

ड्युटी समय बढी भएको गुनासो गर्न जाँदा मंगलबार दिउँसो प्रहरी निरीक्षक हेमन्त राईले कार्यालयमा बाँधेर राखेको पीडितले जवानले बताएका छन् ।

प्रहरी जवानका भाइ रजनिश रायको अनुसार ११ घन्टासम्म पाताले बाँधेर इन्स्पेक्टरले गाली गरेर बुटैबुटले हिर्काएका छन्।यो घटनामा संलग्न प्रहरीविरूद्ध उजुरी पनि दर्ता गराउने तयारीमा रहेको उनको भनाइ छ।जिल्ला प्रहरी कार्यालय सिरहाले भने घटना ढाकछोप गर्न फरक(फरक जानकारी दिइरहेको छ।

कार्यालयका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र राज पाण्डेयले जिल्ला अदालतको गेटमा स्थानीयलाई कुट्दै हिँडेको पाएपछि उनलाई नियन्त्रणमा लिइएको बताए।

प्रहरी जवान राय लागुऔषध सेवनकर्ता रहेको र ड्युटीसमेत गर्न नचाहेको उनको दाबी छ। उनले रायलाई हत्कडीमात्र लगाएको, कुटपिट भने नगरेको दाबी गरे।

  • २७ असार २०८०, बुधबार १६:२८ प्रकाशित