काठमाडौँ । ललिता निवास प्रकरणमा सिआईबीले थप दुइजनालाई पक्राउ गरेको छ ।
सरकारी जग्गा हिनामिना आरोपमा सिआईबीले मालपोतका पूर्व कर्मचारी योगराज पौडेल र नारायणदास मिश्रलाई पक्राउ गरेको हो ।
योगराज पौडेल मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नासु हुन् । नारायणदास मिश्र पूर्व खरिदार हुन्। सरकारी लिखत किर्ते गरेर ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।














