काठमाडौं ।
संसदको अवरोध हटाउन नेकपा एमाले सकारात्मक भएको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको छलफलमा अवरोध खुलाउन एमाले सकारात्मक भएको नेताहरुले बताएका छन् ।
बैठकपछि बाहिरिएका प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्ने प्रतिक्रिया दिएका छन् । यता एमाले अध्यक्ष केपी शर्मा ओलीले भने संसदमै थाहा हुने बताएका थिए ।
सत्तारुढ दलका एक सांसदका अनुसार प्रधानमन्त्रीले सम्बोधन गरेपछि संसदको अवरोध हटाउन एमाले तयार भएको छ ।प्रतिनिधि सभाको बैठक अहिले दिउँसो तीन बजे बस्दै छ ।













