पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार पाउण्ड र युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ४० पैसा र बिक्रीदर १४४ रुपैयाँ ०६ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४२ रुपैयाँ ८० पैसा बिक्रीदर १४३ रुपैयाँ ४५ पैसा थियो।
यस्तै आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ २० पैसा र बिक्रीदर १६८ रुपैयाँ ९७ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ७० पैसा र बिक्रीदर १६७ रुपैयाँ ४६ पैसा रहेको थियो ।
आज डलर एकको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै आज १० जापानी येनको खरिददर ९ रुपैयाँ १६ पैसा र बिक्रीदर ९ रुपैयाँ २० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २० पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ११ पैसा र बिक्रीदर ३५ रुपैयाँ २७ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २५ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा रहेको छ ।