अभियानका नाममा पार्टी नेतृत्वविरुद्ध बोल्दै हिन्ने छुट कसैलाई छैन : प्रवक्ता महत

केन्द्रभाग मिडिया

पोखरा ।
अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अभियानका नाममा पार्टी नेतृत्वविरुद्ध बोल्दै हिन्न नमिल्ने बताएका छन् । प्रेस युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले पार्टीमा स्वतन्त्रता भए पनि भड्काउ गर्ने खालका गतिबिधि गर्न नमिल्लने बताए ।

महामन्त्री गगन कुमार थापाले संचालन गर्ने भनिएको जनसंवाद यात्रा र नेता गुरु घिमिरेले संचालन गरेको रुपान्तरण अअिभयान वारे सोधिएको प्रश्नमा महतले पार्टी हित विपरीत कर्य गर्ने छुट नरहेको बताए । महतले पार्टीको मुल उदेश्यबाट, विचार, सिद्धान्तमा रहेर पार्टी सुद्धढ गर्ने उदेश्यले गरिने कृयाकलापमा रोकतोक नरहेको बताए ।

अर्थमन्त्री महतले गठबन्धन टुट्ने हल्ला सत्य नभएको दावी गरे । देश र जनतालाइ केन्द्रबिन्दुरमा राखेर यो सरकारले काम गरिहेको छ, यो गठबन्धन अगाडी बढ्छ गठबन्धन् टुट्ने हल्लामा सत्यता छैन ।

महतले नयाँ बजेटले देशको अर्थतन्त्र फरक उचाइमा पुग्ने दावी गरे । ‘वैदेशिक मुद्राको सञ्चिति काफी धेरै छ । पर्यटन फस्टाउन थालेको छ,’ उनले भने, ‘यो बजेटले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्छ ।’

तर पुँजीगत बजेट साँघुरिँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । ‘पुँजीगत बजेट कम छ । त्यो पनि खर्च नहुँदा हालत के हुन्छ ?,’ महतले थपे, ‘अब खर्च प्रक्रियालाई सहज बनाउने छ । सिस्टममा परिमार्जन गरिएको छ ।’

महतले बजेट बाँड्ने कुरामा लोकप्रिय नभएपनि लक्ष लोकप्रिय भएको दाबी गरे । आगामी वर्ष आन्तरिक आम्दानी बढाउने र वैदेशिक लगानी परिचालनमा जोड दिने महतको भनाई छ ।

  • १६ असार २०८०, शनिबार १०:५२ प्रकाशित