पोखरा ।
बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीले पोखरा महानगरपालिका वडा नं. ३३ मा उन्नतजातका बाख्राका पाठी वितरण गरेको छ ।
जेष्ठ नागरिक सीप विकास कार्यक्रम अन्तरगत वडाका उद्यमशील जेष्ठ नागरिकहरुलाइ उन्नतजातका बाख्रा पाठी पैंचो उपहार कार्यक्रम सम्पन्न भएको छ ।
बाख्रा पालनबाट जेष्ठ नागरिकरूको आर्थिक जीवनस्तर माथि उठाउनका लागि बाख्रा पालनलाई प्रोत्साहन गर्ने प्रदेश सरकारको नीति अनुरुप बाख्रा तथा बोका वितरण गरिएको हो ।
पोखरा महानगरपालिका वडा नं. ३३ का वोडा अध्यक्ष रामचन्द्र अधिकारीले ‘जेष्ठ नागरिकहरु प्रिवारका बोझ मात्रै बन्दैनन् उनीहरुले उत्पादनमा पनि सहयोग गर्न सक्छन् भन्ने जनचेतना जगाउन उक्त बाख्राका पाठी वितरण गरेको बताए ।
उन्नत जातका बाख्रा पाठी वितरणपछि वडा नं ३३ मा बाख्राको प्रर्वद्धन हुने उनको भनाई छ। जेष्ठ नागरिकको सीप विकासलाई आयआर्जनसँग जोडेर आगामी दिनमा यी बाख्राबाट धेरै उत्पादन गर्ने गरी अगाडि बढ्न अध्यक्ष अधिकारीले आग्रह गरे ।
कार्यक्रमका अर्का वक्ता समाज सेवी दिनेश आचार्यले ‘आफ्नै छोराछोरीलाई जस्तै मायाले आज दिएका उन्नतजातका बाख्रा पाठीहरुलाई माया गर्नु पर्नेमा जोड दिए ।