पोखरामा विपन्नलाई खानेपानीमा अनुदान, २ सय परिवारका लागि घर निर्माण

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाले विपन्न घरपरिवारलाई खानेपानीमा अनुदान दिने भएको छ । मासिक १० हजार लिटरसम्म खपत गर्ने परिवारलाई उक्त अनुदान इिइने महागनर प्रमुख धनराज आचार्यले नीति तथा कार्यक्रममा प्रस्तुत गरे । महानगरपालिकाका प्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विपन्न परिवारलाई मासिक १० हजार ली. खानेपानी निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिने बताए ।

महानगरले अहिले महानगर प्रोफाइलका लागि तथ्याङक संकलनको काम गरिरहेको छ । उक्त तथ्याङकले पहिचान गर्ने विपन्न घरधुरीलाई उक्त सुविधा उपलब्ध गराईने छ ।

यस्तै महानगरले विपन्नका लागि घर बनाइदिने घोषणा पनि गरेको छ । आइतबार प्रस्तुत भएको महानगरको नीति तथा कार्यक्रममा प्रमुख आचार्यले २०० विपन्न परिवारका लागि घर बनाइदिने धोषणा गरेका हुन् । लुमन्ती र महानगरको साझेदारीमा विपन्न वर्गका लागि आवास निर्माण कार्यक्रमका लागि १ करोड ४० लाख बिनियोजन गरिएको छ । यस परियोजना अन्र्तगत आगामी आर्थिक वर्ष २०८० ८१ मा १४ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको उपप्रमुख मञ्जु देवी गुरुङले बताइन् ।

यस्तै सिमान्तकृत समुदायको सीप र क्षमता विकास गर्न एवं पेशा व्यवसायलाई सहयोग पुर्याउन बजेटको व्यवस्था गरिएकोछ । विपन्न, एकल एवं लक्षित वर्गका महिलाहरुको उद्याशीलता विकासका लागि उपप्रमुखसंग महिला कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्ने । चक्रिय कोषका रुपमा उद्यमशील महिला दिदीबहिनीहरुलाई व्यवसाय योजनामा आधारित लगानी उपलब्ध गराउने, आय आर्जनमा सहयोग पुर्याउनले, सुलभ व्याजसहित फिर्ता गर्ने यस कोषलाई आगामी दिनमा स्वचालित, सुद्धढ र प्रणालीवद्ध बनाउने र आगामी वर्ष यस कोषमा थप २ करोड जम्मा गर्ने उपप्रमुख गुरुङले बताइन् ।

आपतकालीन अवस्थाका महिलाहरुको उद्धार, राहात र पुनस्थापना कार्यक्रमलाई प्राथमिकताका साथ संचालन गर्ने, बालमैत्री वडा कार्यक्रम संचालन र मापदण्ड पुगेका वडालाई बालमैत्री वडा घोषणा गरीने ।

अपांगता भएका व्यक्तिीले प्राप्त गरेको सुविधाको अध्यन गरी अशक्त र अति अपांगता भएका वर्गलाई सहयोग केन्द्रीत गर्न अध्यन गरिने बजेटमा उल्लेख गरिएको छ ।

६८ वर्ष भन्दा माथीका जेष्ठ नारीकलाई प्रति महिना २ सयका दरले पोषण भक्ता दिने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

 

  • ११ असार २०८०, सोमबार १६:५२ प्रकाशित