भारतको ओडिसामा बस दुर्घटना : ११ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतको ओडिसामा बस दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । आठ यात्रु गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
ओडिसाको गंजम जिल्लामा गएराति बस दुर्घटना भएको हो ।ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना भएको हो । मृतकहरु निजी बसमा सवारहरु रहेको बताइएको छ ।

ओडिसाका मुख्यमन्त्रीले दुर्घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३/३ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।

  • ११ असार २०८०, सोमबार ११:२१ प्रकाशित